सरावलमा पानी नपरेपछि जनप्रतिनिधिलाई बाधेर मन्दिर लगियो

प्रकाशित मिति:

प्रकाश न्यौपाने
साउन २ गते

नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउपालिकामा किसानहरुले जनप्रतिनिधिलाइनमा बाँधेर मन्दिर लगेका छन ।लामो समय देखि पाली नपरे पछि अगुवालाई बाधेर मन्दिर लगे पानी आउछ भन्ने विश्वासमा जनप्रतिनीधिलाई बाँधेर मन्दिर लगिएको हो ।

जनप्रतिनीधिहरुलाई सरावल गाँऊपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनसहित अन्य जनप्रतिनिधि र कर्मचारीलाई बाँधेर मन्दिर लगिएको हो । बाँधेर मन्दिर लगिएका जनप्रतिनीधिले स्वच्छ मनले पुजा अर्चना गरे भगवान खुसी भएर पानि पार्ने विश्वासमा यस्तो गरिएको सरावल गाँऊपालिकाका अध्ययक्ष सुखाडी प्रसाद चौधरी बताउछँन ।जब जब असार महिनामा पानि पर्दैन, तब तब स्थानियले अगुवालाई बाधेर मन्दिरमा लगेर हिलो छ्याप्ने प्रचलन छ । अगुवाले स्वच्छ मनले पुजा गरेमा पानि पर्ने विश्वास लिएर स्थानियले जनप्रतिनीधिलाई बाँधेर मन्दिर लएर पुजा गर्न लगाउने प्रचलन रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
तिनदिन सम्म पुजा अर्चना गरि अन्तिम दिन गाँऊका अगुवालाई बाँधेर बालबालिका सहित मन्दिरमा पुजा अर्चना गर्दा भगवान खुसी भएर पानि दिने विश्वास छ ।

पश्चिम नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको छ । मल वेलामा नपाएका किसान यति वेला थप पिडामा परेका छन । रोपाई सकेको लामो समय बितिसक्दा पनि पानी नपर्दा किसानले रोपेको धान सुक्न थालेको छ । किसान चिन्तित देखिएका छन । खडेरीले माटो सुक्दा खेतमा धाँजा फाटेको छ । असारको पहिलो साताबाटै रोपाई सुरु गरेका किसान आकासे पानिको भर पर्दा र बैकल्पिक सिचाईको व्यवस्था नहुदा रोपो सुक्न थाल्दा यस बर्ष धान उत्पादनमा कमि आउनेहोकि,लगानि पनि नउठ्नेहोकि भन्ने कुराले यतिबेला किसानहरुलाई पिरोल्न थालेको छ ।

अघिल्लो बर्ष बाढि डुबाउका कारण धान उत्पनदनमा क्षति भएपनि पछिल्लो समयमा जिल्लामा धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्रको दावि छ । जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुदै आएको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिव अर्यालले जानकारी दिए । प्रति हेक्टर ४१ क्विन्टल धान उत्पादन हुने गरेको र यस बर्ष जिल्लामा ९६ प्रतिशत धान रोपाई भएको अर्यालले जानकारी दिनु भयो ।