देशभरको मौसममा बदली, प्रदेश १ मा भारी वर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौँ – हाल लुम्बिनी, गण्डकी र प्रदेश १ का केही भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।आज राति प्रदेश १ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

देशको केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिण तिर अवस्थित रहेकाले केही दिन देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।आगामी २४ घण्टामा पहाडी भू भागमा भू क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन भनिएको छ।