बर्दघाट प्रहरीद्रारा तिन लाख बराबरको सामान बरामद

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
साउन ९
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले करिब ३ लाख मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ ।
इलाका प्रहरी कार्यलयका प्रमुख बिरेन्द्र के सिको नेतृत्वमा रहेको प्रहरीको गस्ती टोलीले बर्दघाट नगरपालिका ४ त्रिबेणी चोक स्थित पुर्व-पश्विम राजमार्ग सडकखण्डमा अबैध भन्सार छली/चोरी निकासी गरी लुकाई ल्याएको अवस्थामा समान बरामद गरिएको केसिले जानकारी दिनु भयो ।

केसीका अनुसार कपडाहरु वेवारीसे अवस्थामा फेला परेको र भन्सार पठाईएकाे छ । लेडिज कुर्ता सेट १६५ (पिस) , टप्स ५४ (पिस), साडी ३९ (पिस) , जामा ५ (पिस), अम्रेला सुट ३ (पिस), लेडिज सुरवाल ६ (पिस), बलाउज ७ (पिस) बरामद गरि भन्सार पठाइएको छ ।