सुरेश परियार,साउन ९ गते- रुपन्देहीको रुद्रपुरबाट अबैध सालको काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरिक्षक राजराम यादवको कमाण्डमा खटिएको टोलिले कंञ्चन वडा न.५,डाडाँलाइनबाट अबैध सालको सो काठ नियन्त्रणमा लिएको हो ।
लुकाइ छिपाइ राखेको अवस्थामा बजार मुल्य रु.२ लाख १० हजार पर्ने ४२ क्यूफिट सालको (गोलिया) काठ फेला पारेको प्रहरी निरिक्षक यादवको भनाई छ ।बरामद गरिएको काठलाई आवश्यक कारवाहीको लागि सम्बन्धीत निकाय पठाइएको हो । कंञ्चन गाउँपालिकामा हुने अनैतिक क्रियाकलापका विरुद्ध प्रहरी निरिक्षक राजराम यादव कडा रुपमा प्रस्तुत भएका छन भने विशेष योजनाको प्रहरी तैनाथ भईरहेको छ ।












