काठमाडौं, साउन ९ : नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन्। सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन्।
उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौं, स्वानिधनताको रक्षा गरौ भन्दै नारा लगाएका थिए। त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए।












