मंगलबारको मौसम पूर्वानुमान : प्रदेश १, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा

प्रकाशित मिति:

काठमाडौं/मंगलबार बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ ।दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि पनि आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

राति प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।बुधबार देशभर बदली रहनेछ। पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले उल्लेख गरेको छ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।

थप यो पनि

खोलामा बाढीको ख”तरा बढ्यो

काठमाडौं/ रामेछापस्थित खिम्ति खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ।बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिम छ।

सोमबार राति कास्कीको घलेखर्क वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा मापन भएको छ। घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाले जनाएको छ।हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर छ भने पूर्वमा सरदर स्थान आसपासमा रहेको छ।