नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति:

काठमाडौँ – नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ ।बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो ।

यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।हालसम्म यसै महिनामात्र ४ वटा पराकम्पन गइसकेका छन्।