एनआरएनएद्वारा शंखमुल पार्क ब्यवस्थापनार्थ घाँस काट्ने मेसिन सहयोग

प्रकाशित मिति:

गैरआवासीय नेपाली संघले शंखमुल पार्क सरसफाइको लागि आधुनिक घास काट्ने मेशिन र रुख सेफिङ मेसिन आज एक समारोहमा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य तथा एनआरएनए टिमले वडा नम्बर ९ का वडा अध्यक्ष राजु महर्जनलाई हस्तान्तरण गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव गौरी राज जोशीले गरेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले शंखमूल पार्क निर्माणको सार्थकता पाउन देखि अहिले सरसफाइ संरक्षणका लागि संघका अध्यक्ष कुल आचार्यले गर्नुभएको अभियान, गतिविधि र वडा नं ९ ले पार्कको उचित संरक्षण गरेकोमा मुक्तकण्ठले प्रशंसा गरेका थिए।

त्यस्तै वडाध्यक्षको राजु महर्जनले एनआरएनए अध्यक्ष कुल आचार्यज्यूको सक्रियताले नै शंखमुल पार्क निर्माणले सार्थकता पाएको र हस्तान्तरण गरिसकेपछि पनि पार्कको अवस्थाको विषयमा जानकारी लिने, त्यस्तै संरक्षण सरसफाइ प्रति चासो व्यक्त गर्नु उनको व्यवहारले आफू निकै प्रभावित भएको बताए। समारोहमा अध्यक्ष कुल आचार्यले झार काट्ने मेसिन र कटिङ्ग मेसिन एउटा नमुना मात्रै भएकाले आगामी दिनमा शंखमुल पार्कको व्यवस्थापन संरक्षण वडाले अझै व्यवस्थित गर्नेमा आफू विश्वत रहेको बताए।कार्यक्रममा युवा संयोजक रमेश काफ्ले,एनआरएनए स्पोर्टस एकेडेमीका सदस्यसचिव धर्मराज गिरी, राजु सिंह लगायत एनआरएनए कार्यकारी निर्देशक रवि किरण अधिकारी सचिवालय टिम र एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो।

 

थप समाचार