भुमि आयोग नवलपरासीको अध्यक्षमा भण्डारी

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

साउन २३ गते
नवलपरासी । नवलपरासी जिल्लाको “भूमि आयोग” (सुकुम्बासी आयोग) को अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता देवराज भण्डारी नियुक्ति हुनुभएको छ । त्यसैगरी सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भविस्वर तिवारी (आजाद) र नेकपा एसका नेतृ लक्ष्मी भुषाल खरेल नियुक्ती हुनु भएको छ ।

नव नियुक्त “भूमि आयोग“ (सुकुम्बासी आयोग)का अध्यक्षहरुले भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाबाट सपथग्रहण समेत गरीसक्नु भएको छ । नवलपरासीका लागि भूमि आयोग“ मा सपथग्रहण गरेसंगै जिल्ला अध्यक्ष देवराज भण्डारीले अब नवलपरासी जिल्लामा जग्गाको स्वामित्वको आशामा बसेका भूमिहिन जनताहरुको आशालाई साकार पार्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

उहांले आफ्नोे नामको सामाजिक संजाल मार्फत प्रतिबद्धता जाहेर गर्दै अब आफ्नो टिमले भूमिहिन जनताहरुको आशालाई साकार पार्ने गरी अघिबढ्ने बताउनु भएको छ । त्यसैगरी उक्त कार्य सफल पार्नका लागि आवश्यक सुझाव, सल्लाह र सहयोगको लागि बिभिन्न राजनितिक दल, कर्मचारी वर्ग र समस्त जिल्लाबासी सङ्ग सहयोगमा आयोगले काम गर्ने बताउनु भयो ।