ढल निकासको राम्रो ब्यवस्था नहुदा कृष्णनगर नगर क्षेत्रमा दुर्गन्ध बढयो ।

प्रकाशित मिति:

डिलाराम भुसाल-कपिलवस्तु, २३ साउन, कपिलबस्तुको भारत सिमा नाका कृष्णनगर नगर पालिकाको क्षेत्र भित्र रहेको मुख्य बजारी नाका कृष्णनगर क्षेत्रमा राम्रो ढल निकासको ब्यवस्था हुन नसक्दा बजार क्षेत्रमा आबत जाबत गर्न समस्या भईरहेको छ । ढलको पानीको उचित निकास हुन नसके पछि पानी जमेर बाटो बिग्रिएको छ । बजार क्षेत्र बिधुत कार्यलय देखि लिङ्ककगेट सम्म र गोलघर बसपार्क यात्रुगेट र नगर पालिकाको कार्यलय अगाडी पछाडी रहेको मुख्य बजार क्षेत्रमा राम्रो ढल निकास हुन नसक्दा यहा आबत जाबत गर्न स्थानिय तथा भारत बाट कृष्णनगर नाका हुदै आउने सोदेशी तथा बिदेशि पर्यटक र स्थानिय बासिहरु लाई बाटोमा हिड डुल ग्रर्ने निकै समस्या भई रहेको छ । यहा ढलको पानी निकास हुन नसके पछि बाटोमा जम्दा पुरै बाटो हिलाम्य हुने र कतिपयको घरमै फोहर पानि पस्ने गरेको गुनासो छ । यस्तो समस्या नगर पालिकाको कृष्ण नगरको प्रयाय सबै सडक तथा गल्लीहरुमा रहेको स्थानिय बासि जाबेत खॉले बताए । कृष्णनगरबाट नेपाल हुदै भारत प्रवेश ग्रर्दा बजार क्षेत्र प्रबेश गर्दा र निस्कदा यही बाटो प्रयोग हुने हुदा बढी चल्तीको छ ।

त्यस्तै अस्थायी बस पार्क बनाए पनि स्थानिय प्रशाशन र नगरपालिकाले कुनै चासो नदिदा यहा बढी बस आबतजाबत गर्ने र सडकमै यातायतका साधनहरु रोकिने गरेको कृष्णनगर यातायात समितिका अध्यक्ष जावेत खॉन ले बताए हिलाम्य बाटोमा यातायातका साधनहरु चल्दा बाटोमा ठूल ठूला खाल्टा खुल्टी परेको छ । खाल्टा खुल्टीका कारण यातायातका साधनहरु चल्न समस्या परेको छ । हिउदमा समेत हिलाम्य बन्ने गरेको यस सडकमा अहिले झन बढी हिलो र पानीले आबतजाबत गर्न समस्या भईरहेको खॉनले बताए । उचित ढल निकास नहुदा बजार दुुर्घन्दित बनेको छ । पक्की र कच्ची नालीमा फोहर ढल भरिएकाले बजार हिडने सर्बसाधारणलाई नाक थुनेर हिडनु पर्ने अबस्था छ । खास गरी साघुरो मुख्य बजार क्षेत्र भित्र ढल निकासको ब्यवस्था छैन् । बर्षो देखी फोहर चिज बस्तुले ढल भरिएको छ । नगर पालिकालाई बढी गुनासो गरे स्बिपरहरु आई फोहर बाहिर निकाल्छन् ।

निकालेको फोहर नाली बाहिर त्यसै छोडेर जान्छन् । फोहर पानीको निकास नहुदा फेरी पानी भरिन्छ, अनी जस्ताको जस्तै हुन्छ भन्छन् स्थानिय बासिन्दा जिवन पाण्डे उता बजार अधिकान्स नालीमा फोहर बस्तुले पुरिई सकेको छ । यसलाई सफा गर्न ठूलो रकम र श्रम लाग्ने स्थानिय बासिन्दा बासुदेव खनालले बताए । नगर पालिकाको मुख्य समस्या ढल निकास र सडक भएकाले यस्कोे निकासको लागी गुरु योजना बनाएर काम भैरहेको भन्छन् नगर पालिकाका नगर प्रमुख रजत प्रताब शाहा आय स्रोत भएको नगर पालिका भए पनि ढल निकासको गुरु योजना तयार भए पछि पहिलो प्राथमिकता दिई काम थाल्ने शाहाको भनाई छ । पहिले बनाएका नाली अहिले साधुरा र बाटो भन्दा होचो भई तल छ । नाली पनि ठाउ ठाउमा टुटफुट भई ढलको पानी मुख्य बाटो बाटोमा पुग्ने गरेको छ ।बजार क्षेत्र देखि दश गजा सम्म निकासको ब्यवस्था र पश्चिम, उत्तर र दक्षिण तिर ढलको राम्रो । ब्यस्था नभएकाले बजार क्षेत्र दुर्गध बनेको छ । उता सर सफाई गर्ने स्बिपर कर्मचारीको पनि अभाब भएकाले नगर सर सफाई राम्ररी गर्न नसकिएको नगर पालिकाका एक क्रर्मचारीको भनाई छ ।