२०७९ साल साउन २४ गते मंगलबारको राशिफल

प्रकाशित मिति:

मेष  – सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला।वृष –  शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ।मिथुन  – वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।कर्कट – दिन सामान्य राम्रो छ। माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।

सिंह – शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।कन्या – दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेममा धोका पाइनेछ।तुला  – अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।वृश्चिक  – आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।धनु – व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

मकर – दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारिमा फइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।कुम्भ – आफ्नो प्रभाव घट्नेछ। ठूला कार्यमा हात नहालेकै राम्रो। तर्कमा अघि सर्दा पराजय भोग्ने भएकाले शान्त भएर बस्नुहोला।मीन – अवसर धेरै भएकाले सदुपयोग गर्नुहोला। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। भूमी कारोबारले ठूलो फाइदा दिनेछ।