नर्भिक अस्पतालको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन आदेश

प्रकाशित मिति:

काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले थापाथलिस्थित नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टाभित्र सार्वजनिक जग्गामा बनेको संरचना हटाउन लिखित निर्देशन दिँदै सूचना टास समेत गरेको थियो । महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो। उक्त रिटमा सुनुवाइ गर्दै अर्को सुनुवाइ नभएसम्मका लागि नर्भिक अस्पतालको संरचना हटाउने कुनै पनि काम नगर्न सर्वोच्चको अन्तरकालीन आदेशमा भनिएको छ।न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त संरचना हटाउनु पर्नाको कारण पेस गर्नसमेत आदेश दिएको छ।