काठमाडौं, साउन २८ । मधेस प्रदेशका ३९ स्थानीय तहले साउन जानै लाग्दा पनि आर्थिक वर्ष २०७९र८० को बजेट विवरण बुझाए छैनन् । मधेसका १३६ पालिका मध्ये ३९ स्थानीय तहले बजेट विवरण नबुझाएका हुन्।संघीय मामिला तथा सामान्य प्रशासन मत्रालयका अनुसार हालसम्म बजेट विवरण नबुझाएका स्थानीय तहमध्ये प्रदेश नं १ मा तीन, बागमतीमा चार, लुम्बिनीमा १०, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तह छन् । गण्डकी प्रदेशका सबै पालिकाले बजेट विवरण पेश गरिसकेका छन् ।
बजेट पेश गरेका स्थानीय तहलाई चाँडै शीर्षकअनुसार मन्त्रालयको सूत्रमा बजेट विवरण पेश गर्न परिपत्रमार्फत निर्देशन गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले बताए।देशका ७५३ पालिकामध्ये हालसम्म विभिन्न ६३ स्थानीय तहले चालु आवका लागि बजेट विवरण पेश नगरेको मन्त्रालयको तथ्यांक छ। मन्त्रालयमा पेश गरेपछि चालू आवको कारोबार सुरू भएर भुक्तानी प्रक्रिया सुरू हुन्छ।कानुनत: स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । स्थानीय तहबाट आव २०७९र८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्यरूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न बाँकी रहेका पालिककाहरूलाई पत्राचार गरिसकिएको छ ।












