निर्वाचन प्रयोजनका लागि कांग्रेसले गर्‍यो दल दर्ता

प्रकाशित मिति:

काठमाडौं, साउन ३१ – नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ । मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर उपसभापति धनराज गुरुङ र मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन्।

निर्वाचन आयोगले तोकेको दल दर्ताको समय आज सकिँदै छ । कांग्रेसले अन्तिममा दिन दल दर्ता गरेको हो । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता नहुँदा काँग्रेसले ढिलो गरी दल दर्ता गरेको हो ।सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरेपछि दल दर्ता गर्न काँग्रेसलाई सहज भएको हो । अन्य दलहरुले यसअघि नै दल दर्ता गराइसकेका छन् ।