सरावल गाउपालिकालाई सगिंतको माध्यमबाट चिनाउने पालिका अध्यक्ष चौधरीको भनाई

प्रकाशित मिति:

सरावल गाउपालिकाका अध्यक्ष सुखारी प्रसाद चौधरीले आफ्नो पालिकालाई सगिंतको माध्यमबाट चिनाउने बताउनुभएको छ । बुधबार बैदिक धर्म परिषद नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीले आयोजना गरेको १५ दिने बाध्यबाधन भजन तालिममा बोल्दै उहाँले पालिका भित्र भौतीक विकासको संगसंगै धर्म, सस्कृती र सगिंतको पनि विकास गर्ने बताउनुभयो । साथै उहाँले मानिसले जति पनि धन सम्पति कमाएपनि उसलाई आनन्दित र खुसी बनाउने माध्यम नै सगिंत रहेकाले सरावल गाउपालिकाले यस क्षेत्रमा योजना बनाएरै काम गर्ने बताउनुभयो ।

परिषदका जिल्ला अध्यक्ष नारायण पाण्डेको अध्यक्षतामा तालिम सुरु भएको हो । सो अवसरमा सरावल गाउपालिकाकी उपाध्यक्ष बासमति हरिजन, देवेन्द्र शर्मा, पेउनारायण न्यौपाने, भिमा न्यौपाने, लगाएतले मन्तब्य राख्नुभएको थियो । तालिमको प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका श्रुती संिगतालय बर्दघाटका प्रमुख लोक जी मिजारले १५ दिन सम्म प्रशिक्षण दिनुहुने कार्यक्रम सञ्चालक परिषदका जिल्ला सचिव लिलाधर पाण्डेले जानकारी दिनुभएको छ । सो कार्यक्रम बैदिक धर्म परिषद ओम कारेश्वर शिव पचांग मन्दिर जिल्ला कार्यालय सरावल १ बासाबसहीमा सुरु भएको छ ।