गुल्मीका एक वृद्धले जन्मदिनको खर्च समाजसेवामा लगाए

जताततै जन्म उत्सव केक काटेर फजुल खर्च गर्र्दै मनाएका बेला गुल्मी मालिका गाउँपालिका ७ घमिरका टिका बहादुर खत्रीले जन्म दिनको अबसर पारेर विद्यालयमा शौक्षिक सामाग्री वितरण गरेर तथा विद्यालय अक्षय कोष स्थापना गरेर आफ्नो जन्म उत्सव मनाएका छन् ।

प्रकाशित मिति:

सन्तोष महतारा/ गुल्मी पुस ०८

गुल्मीको मालिका गाउँपालिकामा एक वृद्धाले जन्मदिनको खर्च समाजसेवामा लगाएका छन् । जताततै जन्म उत्सव केक काटेर फजुल खर्च गर्र्दै मनाएका बेला गुल्मी मालिका गाउँपालिका ७ घमिरका टिका बहादुर खत्रीले जन्म दिनको अबसर पारेर विद्यालयमा शौक्षिक सामाग्री वितरण गरेर तथा विद्यालय अक्षय कोष स्थापना गरेर आफ्नो जन्म उत्सव मनाएका छन् । उनले देविस्थान माध्यमिक विद्यालयका विद्यार्थीलाई २० हजार बराबरको शौक्षिक सामाग्री बाँडेकाछन् साथै उनले ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणाका समेत गरेकाछन् ।

खत्रीले आफ्नो ७३ औँ जन्म उत्सवका अवसरमा विद्यालयका कक्षा बालशिक्षा देखि १२ सम्म चार सय भन्दा बढी विद्यार्थीलाई बिस हजार बराबरको शौक्षिक सामाग्री प्रदान गरेको र ५० हजार बराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरेको विद्यालयका शिक्षक यमलाल पन्थीले बताए । गुल्मीको विद्यालयलाई शौक्षिक सामाग्री वितरण गर्दे यो आफुलाई अवसर भएको र अबको पुस्ताले पनि केही कुरा सिकोस भनी जन्मदिनमा शौक्षिक सामाग्री बितरण गरेको बताएका छन् । उनले भने’ शौक्षिक सामाग्री प्रदान गर्दा खुसी लागेको छ अब आउने पुस्तामा पनि केहि चेतना होला भन्ने कारणले शैक्षिक सामाग्री बितरण गरेको हुँ ।’ खत्रीले एक कार्यक्रम बिच विद्यार्थीलाई शौक्षिक सामाग्री बितरण गर्दै विद्यार्थीलाई लगनशिल,मिहेनत र अनुशासित बनेर अध्ययन गर्न समेत आग्रह गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीले खत्रीको योगदानको प्रशंसा गर्दै विद्यालयको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गरे । खत्रीको सम्मानमा बिद्यालयले दोसल्लाका साथ सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर बुढाथोकीले जानकारी दिए।

खत्री विद्यालय नजिकै किराना पसल तथा होटल गर्दै आएका छन् । उनले पसल तथा होटलबाट भएको आम्दानी रकम सामाजिक काममा प्रयोग गर्दै आइरहेका छन् ।