काठमाडौं, भदौ ७ – सत्तारुढ दल नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘जनताको साथमा कांग्रेस’ अभियानको घोषणा गरेको छ।चुनावी अभियान तीन चरणमा सञ्चालन गरिनेछ। पहिलो चरणको अभियान भदौ १० देखि २४ सम्म सञ्चालन हुनेछ। दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि र तेस्रो चरणको अभियान प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि सञ्चालन हुने कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले बताए।
पहिलो चरणका लागि कांग्रेसले ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ। केन्द्रीय प्रतिनिधिले तोकिएको जिल्लामा गएर जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधिलगायतको बैठक बोलाउनेछन्। निर्वाचनमा आफ्नो पक्षमा बहुमत ल्याउन कांग्रेसले गठबन्धनका दलहरुसँग समेत समन्वय गर्दै सुमधुर सम्बन्धसहित अघि बढ्न अभियानमा खटिएका जनप्रतिनिधिहरुलाई निर्देशन दिएको छ।
कहाँ कसलाई खटाइयो
ताप्लेजुङ: आङ्गेलु शेर्पा
पाँचथर: प्रदीपकुमार सुनुवार
इलाम: महेन्द्रकुमारी लिम्बु
झापा: डिला संग्रौला
संखुवासभा: उमेशजंग रायमाझी
तेह्रथुम: लक्ष्मी परियार
भोजपुर: भीम पराजुली
धनकुटा: राजीव ढुंगाना
मोरङ: ज्ञानेन्द्रबहादुर कार्की
सुनसरी: अमृत अर्याल
सोलुखुम्बु: कल्पना चौधरी
खोटाङ: तारामान गुरुङ
ओखलढुंगा: लक्ष्मी खतिवडा
उदयपुर: बलबहादुर केसी
सप्तरी: आनन्दप्रसाद ढुंगाना
सिरहा: महेन्द्रकुमार राय
धनुषा: नगिना यादव
महोत्तरी: मञ्जु खाँण
सर्लाही: दिनेशकुमार यादव
रौतहट: अजयकुमार चौरासिया
बारा: रमेश रिजाल
पर्सा: पद्मनारायण चौधरी
दोलखा: शान्ति परियार
रामेछाप: हरिशरण नेपाली
सिन्धुली: दिलमान पाख्रिन
रसुवा: राजेन्द्र केसी
धादिङ: मदनकृष्ण श्रेष्ठ
नुवाकोट: मदनबहादुर अमात्य
सिन्धुपाल्चोक: बहादुरसिंह लामा
काभ्रे: रमा कोइराला
चितवन: श्यामकुमार घिमिरे
मकवानपुर: उमेश श्रेष्ठ
भक्तपुर: अम्बिका बस्नेत
ललितपुर: नानु बास्तोला
काठमाडौं: जीतजंग बस्नेत
गोरखा: ध्रुव वाग्ले
लम्जुङ: शंकर भण्डारी
तनहुँ: सुरेन्द्रराज पाण्डे
कास्की: प्रदीप पौडेल
मनाङ: गुरु बराल
मुस्ताङ: कृष्णचन्द्र नेपाली पोखरेल
पर्वत: चम्पादेवी खड्का
स्याङजा: चिनकाजी श्रेष्ठ
म्यादी: दिनेश कोइराला
बाग्लुङ: अब्दुल सतार
नवलपुर: सरस्वती अर्याल
नवलपरासी: मानबहादुर नेपाली
रुपन्देही: योगेन्द्र चौधरी
कपिलवस्तु: चन्द्रबहादुर केसी
पाल्पा: अब्दुल रञ्जाक
अर्घाखाँची: गोविन्दराज पोखरेल
गुल्मी: देवेन्द्रराज कँडेल
रुकुमपूर्व: धना खतिवडा
रोल्पा: मैकुलाल बाल्मीकी
प्युठान: जावेदा खातुन जागा
दाङ: गोपाल दहित
बाँके: दिपक गिरि
बर्दिया: गेहेन्द्र गिरी
रुकुम पश्चिम: कृष्णकिशोर घिमिरे
सल्यान: सीता देवकोटा
जुम्ला: रंगमति शाही
मुगु: कान्तिका सेजुवाल
कालिकोट: जानकी सिंह
जाजरकोट: सिताकुमारी राना
दैलेख: राजीवविक्रम शाह
सुर्खेत: सञ्जयकुमार गौतम
बाजुरा: अर्जुनजंगबहादुर सिंह
बझाङ: गोविन्दबहादुर शाह
डोटी: नृपबहादुर वड
अछाम: रणबहादुर रावल
दार्चुला: यज्ञराज जोशी
बैतडी: रमेश लेखक
डडेलधुरा: ईश्वरी न्यौपाने
कञ्चनपुर: रामजनम चौधरी
कैलाली: एनपी साउद












