मेयर बालेनकै उपस्थितमा काठमाडौं मल र आरबी कम्प्लेसमा महानगरको डोजर

प्रकाशित मिति:

काठमाडौं, भदौ ८ – आफ्नो क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालि जोडतोडका साथ लागेको छ। त्यस्ता संरचना हटाउने काम सोमबार नयाँ बानेश्वरबाट सुरू गरिएको हो।यसैक्रममा आज ९बुधबार० मेयर बालेन्द्र ९बालेन० साह नै उपस्थितमा सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना पनि हटाइएको छ।डोजर, एक्साभेटर लगाएर अनधिकृत संरचना भत्काइरहँदा उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी मीरा चौधरीसहितको टोलीसमेत उपस्थित थियो।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनेको र त्यसले भूमिगत पार्किङलाई अवरोध सिर्जना गरेको गुनासो आएपछि त्यसलाई भत्काएको महानगरले जनाएको छ।त्यसैगरी महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचनामा पनि डोजर चलाएको छ।महानगरले सोमबार मात्र मेयर बालेनकै उपस्थितिमा पार्किङका लागि भनेर नक्सा पास गराइए पनि अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काइएको थियो। त्यसक्रममा बालेनले अनधिकृत संरचना हटाउने अभियान महानगरका सबै क्षेत्रमा पुर्‍याउने बताएका थिए। अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन भनेर महानगरपालिकाले ३५ दिने सूचना पनि निकालेको थियो ।