लायन्स क्लब अफ बुटवल लोटसले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा दृस्टिबिहिनहरुलाइ नया कपडा बितरण तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। बुट्वल १२ तामनगरमा रहेको रुपन्देही नेत्रहीन संघ मा आयोजित कार्यक्रममा दृष्टिबिहिन दिदिबहिनिहरु लाइ २० थान नया कुर्तासलवार तथा चार थान बच्चाका कपडा बितरण गरियो ।
कार्यक्रममा प्रमुख अतिथी फर्स्ट भाइस डिस्टृक गभर्नर एमजेएफ लायन अर्जुनमान सैंजुले लायन्स क्लब अफ बुटवल लोटसले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्नुभयो । उहाँले लोटसले स्थापनाको छोटो समयमै धेरै राम्रा काम गरेको बताउनुभयो । यस्तै उक्त कार्यक्रममा अतिथिहरु डिस्ट्रीक एडभाइजर लायन बिनिता बज्राचार्य, एक्सटेन्सन चियर पर्सन बिनेश मान बज्राचार्य, रनेपाल नेत्रहीन संघका केन्द्रिय सदस्य शिला घिमिरे तथा रुपन्देही नेत्रहीन संघका अध्यक्ष कृष्ण जिसिले आफ्नो आफ्नो मन्तब्य राक्नुभएको थियो । लायन्स क्लब अफ बुटवल लोटसका फर्स्ट भाइस प्रेसिडेन्ट लायन अस्मिता घिमिरेको संयोजन तथा क्लबका प्रेसिडेन्ट लायन सुशिला आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सेक्रेटरी लायन सुशिला ज्ञवालीले गर्नुभएको हो ।












