अक्सफोर्ड माविमा तिज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल । बुटवल‐८, सुख्खानगरस्थित अक्सफोर्ड माविले हरितालिका तिजको अवसरमा नेपाली संस्कृतिको संरक्षण तथा विद्यार्थीहरुमा रहेका नृत्य तथा गायनसम्बन्धी अन्तरनिहित प्रतिभाहरु उजागर गर्ने उद्देश्यले अन्तरसदनात्मक तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्राचार्य दिनेश भुसालको अध्यक्षता तथा सहप्राचार्य मोहन खनाल क्षेत्रीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले उत्साहपूर्वक आआफ्ना गीत एवम् नृत्यहरु प्रस्तुत गरेका थिए ।

साथै महिला शिक्षकहरुको विशेष नृत्य प्रस्तुतिसमेत रहेको थियो । उक्त तिज विशेष सांस्कृतिक कार्यक्रममा अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माविका सहप्राचार्य सुमन भुसाल, अक्सफोर्ड कलेजका प्राध्यापकलगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । कक्षा ११⁄१२ बिहानी सत्रका इन्चार्ज नारायण सापकोटाले तिजसम्बन्धी विशेष मौलिक गायन प्रस्तुत गर्नुभएको थियो । सभाध्यक्ष तथा विद्यालयका प्राचार्य दिनेश भुसालले सबैमा तिजको शुभकामना व्यक्त गर्दै विद्यालयले राष्ट्रकै शैक्षिक नेतृत्व गर्ने गरी तीव्र रुपमा काम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीलाई शैक्षिक गतिविधिमा मात्र नभई अतिरिक्त क्रियाकलापमार्फत उनीहरुको सर्वाङ्गीण विकासलाई उच्च महत्त्व दिने बताउनुभयो । साथै उहाँले नेपाली मौलिक संस्कृति तथा पहिचानलाई जोगाइराख्न र विद्यार्थीका प्रतिभाहरु प्रस्फुटनका लागि विद्यालयले यस्ता कार्यक्रमहरु समयसान्दर्भिक रुपमा आयोजना गरिरहने कुरा व्यक्त गर्नुभयो । प्रतियोगितामा कक्षा १‐२ तर्फ धौलागिरि, अन्नपूर्ण र धौलागिरि हाउसहरु क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा ३‐४ तर्फ सगरमाथा, सगरमाथा र धौलागिरि हाउस क्रमशः प्रथम, द्वितीय र तृतीय, कक्षा ५‐६ तर्फ अन्नपूर्ण,  माछापुछ्रे  हाउसहरु क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी कक्षा ७‐९ तर्फ अन्नपूर्ण, धौलागिरि र माछापुछ्रे हाउस क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भए । उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा अन्य अतिथिहरुले पुरस्कार वितरण गरी हौसला बढाउनुभएको थियो । साधना कला केन्द्र, बुटवलका प्रशिक्षकहरु द्वय विश्वास थापा र अंशु कुँवर निर्णायक रहेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख कपिल ढकाललगायत शिक्षकहरु कल्पना पन्थी, सम्झना पन्थी, अस्मिता थापा र रोशनी गुरुङले गर्नुभएको थियो ।