काठमाडौं, भदौ २३ – स्ट्यान्डअप कमेडियन अपूर्व क्षिति सिंह रिहा भएका छन् ।कोरोना पुष्टि भएपछि उनलाई उपचार गर्नका लागि भन्दै तारेखमा रिहा गरिएको हो ।जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका अपूर्वर्लाइ उपचार गर्न र पछि उपस्थित हुने गरी रिहा गरिएको हो ।बुधबार काठमाडौं जिल्ला अदालतले पाँच दिन म्याद थप गर्दै अपूर्वविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।नेवार समुदायको भावनामा आँच पुर्याएको अभियोगमा उनी १२ भदौमा पक्राउ परेका थिए ।