एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७४ का सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले १–१ लाख रुपैयाँ पाउने
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले वितरण गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७४ का सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले १–१ लाख रुपैयाँ पाउने भएका छन् । अवार्डको मुख्य विधाका लागि नगद पुरस्कारको प्रायोजन जनता बैंकले गरेको छ ।
संघका अध्यक्ष दीपक श्रेष्ठ र जनता बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अजय मिश्रबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भयो । ५ वर्षका लागि भएको सम्झौताबारे उल्लेख गर्दै मिश्रले सानो सहयोगबाट खेलाडी संघसँग सहकार्य सुरु गरेको बताए । उनले शैक्षिक रूपमा योग्य तर जीविकोपार्जनका लागि समस्या भएका खेलाडीलाई जनता बैंकले सकेसम्म अवसर प्रदान गर्ने बताए ।










