एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदी बाल्टिमोर काउण्टिबाट सम्मानित

प्रकाशित मिति:

एनआरएनए अमेरिकाका अध्यक्ष वुद्धि सुवेदी बाल्टिमोर काउण्टिबाट सम्मानित हुनुभएको छ । अमेरिकन नेपाली समुदायमा पुर्याएको सामाजिक योगदानको कदर स्वरुप सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।रूप स्मृति र साथी कप २०२२’ को समापन समारोहमा अध्यक्ष सुवेदीलाई बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. बाट सम्मान पत्र प्रदान गरिएको हो ।

साथै काउण्टि एक्जुकेटिभको कार्यालयले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकासंगै बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, उपाध्यक्ष डिलु पराजुली र सुमन थापा र मेरिल्याण्ड च्याप्टरलाई साईटेशन प्रदान गरेको थियो ।
मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सेप्टेम्बर ५ मा उक्त सम्मान प्रदान गरिएको हो ।

एनआरएनए अमेरिका र मेरिल्याण्ड च्याप्टरले गरेको सामाजिक कामलाई प्रशंसा स्वरुप उक्त सम्मान पत्र प्रदान गरिएको बुझिएको छ । यस सम्मानको लागि हामी सम्पूर्ण गैर आवासीय नेपाली संघ अमेरिका परिवार बाल्टिमोर काउन्टी एक्जुकेटिभ Johnny Olszewski Jr. र उहाँको कार्यलयप्रति हार्दिक आभार व्यक्त गर्दछौ।” एनआरएनए अमेरिकाको सचिवालयले प्रतिक्रिया सार्बजनिक गरेको छ ।