काउन्सिलमेन शेखरको संयोजकमा जिपी कोईराला फाउन्डेशन अमेरिकाको अग्रसरतामा न्युयोर्कमा शैक्षिक सामग्री वितरण

प्रकाशित मिति:

७ सेप्टेम्वर २०२२, न्युयोर्क अमेरीकाः काउन्सिलमेन शेखरको संयोजकमा आज जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको अग्रसरतामा फाउन्डेशन लगायत ५ वटासंस्थाहरुको सकृय एवं संयुक्त सहयोगमा ज्याक्सन हाईटस् लगायत आसपासका क्षेत्रका विद्यालय जाने उमेरका वालवालिकालाईलक्षित गरी झोला, स्टेसनरी सामाग्रीहरू, मास्क, सेनीटाईजर लगायत स्वास्थ्य सामाग्रीहरू वितरण गरीयो। प्रत्यक्ष रूपमा करीब २५०वालवालीकाहरू लाभान्वित भएको सो वितरण कार्यक्रमलाई आर्थिक एवं भौतीक रूपमा न्युयोर्क महानगर डिस्ट्रिक्ट २५ का एसेम्व्लीमेनशेखर कृष्णनन र वहाँको कार्यालयमा, एम्बलम्व हेल्थ परीवार, क्विन्स सेन्टर र रेन्डर ग्रुप नामक संस्थाले सहयोग गरेका थिए।

नेपाली, वंगाली, भारतीय,पाकिस्तानी,भुटानी, वर्मेली ,चाईनीज, स्पेनीस लगायतका आप्रवासीहरूको बाक्लो उपस्थिति रहेको सोक्षेत्रका वालवालीकाहरू र तिन्का अभिभावकहरू शैक्षिक सामाग्री पाउँदा अत्यन्त खुशी थिए।सो वितरण कार्यक्रमको शुभारम्भ गर्दै न्युयोर्क महानगर डिस्ट्रिक्ट २५ का काउन्सिलमेन शेखर कृष्णनले आफुले महानगर भित्र रहेकाजुनसुकै समुदायमा रहेका जोसुकैलाई पनी यथासक्य सहयोग गर्ने बचनबद्दता प्रकट गर्दै आजको यो शैक्षिक सामाग्री वितरण पनी सानोसहयोगको हिस्सा भएको वताउनुभयो। वहाँले आफुले जिपी कोईराला फाउन्डेशन अमेरिका लगायत संस्थाहरूसँग विगतमा पनीसहकार्य गर्दै आएको र भविष्यमा पनी संगै अगाडी बढने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी सोही कार्यक्रममा सम्बोधन गर्दै फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरूले विगतमा झैं यसबर्ष पनी शैक्षिकसामाग्री वितरण गर्न पाउँदा गौरवान्वित भएको र समुदायमा समय अनुसारका माग र आवश्यकता परीपुर्ती गर्न फाउन्डेशन सधैं लागीपर्नेकुरामा जोड दिनुभयो।सो कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिंग राप्के लामा, प्रवक्ता रामचन्द्र अधिकारी, समाजसेवीहरु क्रमशःविरेन्द्र मानन्धर, श्याम कार्की, छेमाड॰ लामा, क्विन्सटुगेदरका संस्थापक जोनाथन फरगास लगायत उपस्थित भै सहयोग र स्वयंसेवी भुमीका निर्वाहगर्नुभएको थियो। यसैगरी अन्यसहयोगी एवं दातृसंस्थाका प्रमुखहरूको समेत सो कार्यक्रममा सकृय सहभागिता रहेको थियो। स्मरण रहोस विगत २ महिनादेखी गर्मीको विदामा रहेका विद्यालयहरू यही सेप्टेम्बरको पहिलो हप्तादेखी खुलेका छन् र वालवालीकाहरूलामो छुट्टीपछी पुनः उत्साहित हुँदै विद्यालय फर्कँदै छन।