अग्रज पत्रकार सुर्य श्रेष्ठ आजादको निधनप्रती प्रेस चौतारी नेपाल रुपन्देहीद्धारा दु:ख व्यक्त

प्रकाशित मिति:

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीले आफ्ना सदस्य अग्रज पत्रकार सुर्य श्रेष्ठ आजादको निधनप्रती दु:ख व्यक्त गरेको छ । अधिवक्ता तथा सामाजिक व्यक्तित्व श्रेष्ठको शनिबार बिहान बुटवल ७ स्थित आफ्नै निवासमा निधन भएको हो । प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीद्धारा जारी विज्ञप्तीमा उहाँको दु:खद निधन भएको खबरले स्तब्ध भएको जनाइएको छ ।

उहाँ लामो समयदेखि अस्वस्थ भई उपचाररत रहनुभएको थियो । समाजसेवीसमेत रहनुभएका श्रेष्ठ पूर्व जनप्रतिनीधि समेत हुनुहुन्थ्यो । ‘शोकको यस दु:खद घडीमा दिवंगत आत्माप्रति श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ प्रेस चौतारीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।