एलिना,श्रिधर र बिष्णुमुर्तिको ‘बिर्सनु कसरी’ बजारमा

प्रकाशित मिति:

डा बिष्णु मुर्ती भट्टराईको शब्द, चर्चित गायिका एलिना चौहानको कर्णप्रिय अवाज र श्रीधर अधिकारीको सुमधुर संगीतमा आधुनिक गीत ‘बिर्सनु कसरी ‘बजारमा आएको छ।गितको भीडीयोमा पनि गायिका एलिना चौहानलाइ नै देख्न सकिन्छ।

‘बिर्सनु कसरी’ गित सङितकार श्रीधर अधिकारी कै निर्देशनमा बनेको छ भने गीतको छायांकन दिपक गिरिको रहेको छ भने सम्पादन दिपक बिष्टको रहेको छ।पेशाले चिकित्सक डा बिष्णु मुर्ती भट्टराईको गीत लेखनमा बिशेष रुचि रहेको छ। डा बिष्णु मुर्ती भट्टराई काठमाडौं बाहिर कार्यरत रहे पनि निरन्तर गित संगीत मा लागिरहेका पाइन्छ। केहि समय अघि मात्र उनकै रचनामा ‘मेरो तस्बिर’ र ‘सलाई’गीत बजारमा आयेको थियो जसले स्रोता दर्सकको राम्रो माया पाइरहेको छ।’मेरो तस्बिर’ र ‘सलाई’ दुबै गित श्रीधर अधिकारी कै संगीतमा अनि चर्चित गयिका रचना रिमाल र कृष्ण मुर्ती भट्टराईको स्वोर मा बजारमा आयेको थियो। ‘बिर्सनु कसरी’ गित गितकारको आफ्नै Official YouTube Channel Dr. Bishnu Murti Bhattarai बाट बजारमा आएको छ।

गीत निकै नै मार्मिक र सुमधुर रहेकोले ‘बिर्सनु कसरी ‘टिम सफलता प्रति निकै आसाबदी रहेको पाइयो।हाम्रो तर्फ बाट पनि धेरै धेरै सुभकामना।