रमेश विश्वकर्मा
गुल्मी, ९ पौष । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार गुल्मीको आयोजनामा निजी आवास पुनर्निर्माण सम्बन्धी अभिमुखीकरण तथा समीक्षा गोष्ठी आजदेखि सदरमुकाम तम्घासमा सुरु भएको छ । भोली सम्म चल्ने गोष्ठीमा ५ नं। प्रदेशका प्रदेश सांसद कमलराज श्रेष्ठले उदघाट्न गर्नुभएको हो । उदघाट्न समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले पुनर्निमाणमा सक्रियताका साथ अघि बढ्न आह्वान गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको नीति तथा कार्यक्रम बारे कार्यकारी समिति सदस्य विष्णु भण्डारीले जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका आयोजनाका प्रमुख ईन्जिनियर पारस पन्थीले गुल्मीको कार्यक्रम तथा प्रगति बारे जानकारी गराउनु भएको थियो ।कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाको कार्यक्रम तथा प्रगति बारे आयोजनाका प्रमुख ईन्जिनियर उमेश चौधरीले जाकारी गराउनु् भएको थियो । राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणको तर्फबाट उप–सचिव मनोहर घिमिरेले राष्ट्रिय प्राधिकरणको बारेमा जानकारी गराउनु भएको थियो जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले १०÷ १० मिनेट समय लिएर बोल्दै आफ्नो तहमा भएका गतिबिधि तथा पुनर्निमार्णको बारेमा जानकारी गराएका थिए भने कानुनलाई सरल बनाउन माग समेत राख्नुभएको थियो ।
स्थानीय तहमा कार्य जिम्मेवारी हस्तान्तरण, स्थानीय तहको पुनर्निमाण कार्ययोजनाको बारेमा सामूहिक छलफल समेत भएको थियो । कार्यक्रममा प्रजिअ यदुनाथ पौडेल, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षता, जिल्ला आयोजना कार्यान्वयन इकाईका लेखा अधिकृत दधिराम मरासिनिको सञ्चालन गर्नुभएको थियो ।












