घुम्टे युवा परिवार जापान शाखा द्वारा खेलकुद सामाग्री सहयोग

प्रकाशित मिति:
कौरव खत्री- असोज १६ बागलुङ -सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म र घुम्टे युवा परिवार जापान शाखाको आयोजनामा नेपाल भलिबल संघ गलकोट नगर समिती अन्तर्गत ११ वडाका समितीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ । राष्ट्रको लागि खेलकूद र स्वास्थ्यको लागि खेलकूद भन्ने नेपाल सरकारको मुल नारालाई साकार पार्ने उद्येश्यले नगद रु १ लाख ५० हजारको खेलकुद सामाग्री सहयोग हस्तान्तरण गरिएको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिनेश थापाले बताए । गलकोट नगरको खेलकुद विकास सँगै खेलाडीहरुलाई भलिबल खेलप्रति आकर्षित गर्दै थप प्रोत्साहन गर्न खेलकुद सामाग्री सहयोग गरिएको उनले बताए ।
कार्यक्रममा गलकोट नगरपालिका सामाजिक विकास समितीका संयोजक एवं नगर प्रवक्ता हिम बहादुर भण्डारी, नेपाल भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी, नेपाली काँग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, घुम्टे युवा परिवार जापान शाखाका सचिव तुलविर थापाले मन्तव्य राखेका थिए । कार्यक्रममा गलकोट नगरपालिकाका ११ वटै वडाका नेपाल भलिबल संघको वडा समितीलाई २ थान बल, १ थान नेट र १ थान पम सहयोग हस्तान्तरण गरिएको थियो । सो अवसरमा गलकोट नगरमा खेलकुदको विकास, समस्या र चुनौतिको विषयमा अन्तरकृया समेत गरिएको थियो । कार्यक्रम घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाको सञ्चालनमा सम्पन्न भएको थियो । नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशी भुमीमा रहेर पनि प्रर्वद्धन, संरक्षण र विकास गर्दै जापानमा रहेका खेलाडीहरुलाई खेल क्षेत्रमा थप क्रियाशिल गराउने उद्येश्यका साथ संस्थाले प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिवल प्रतियोगिता समेत सम्पन्न गरेको छ ।