अधिकारीको शब्द एवं संगीतमा “लाउन्न भो ज्यानमारा पिरती” सार्वजनिक

प्रकाशित मिति:

पछिल्लो समय काठमाडौलाई आफ्नो सांगीतिक थलो बनाएका गायक श्रीधर अधिकारीको शब्द एवं संगीतमा ‘लाउन्न भो ज्यानमारा पिरती’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रचना रिमाल र रामहरि आचार्यले स्वर दिएका छन् भने सुनिल परियारले गीतलाई एरेन्ज गरेका हुन् । गीता ढुंगाना र गायक रामहरि स्वयंम अभिनीत भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । अजय रेग्मीको छायाँकन, दीपक विष्टको सम्पादन एवं कलरपश्चात भिडियो सार्वजनिक भएको हो ।

‘राम जानकी ईन्टरटेन्मेट’को युट्युब च्यानलमा भिडियो हेर्न सकिन्छ ।  गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । युवा–युवती एकअर्काबीचको नोँकझोकलाई रमाईलो तरिकाले गीतमा प्रस्तुत गरिएको छ ।