काठमाडौं, मंसिर ९ – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले बिहीबार पाँचौं विश्वकप खेले छ। घानाविरुद्ध पाँचौं विश्वकपमा पहिलो खेल ३७ वर्षीय रोनाल्डोले सो खेलमा यो गरे। ६५औं मिनेटमा पेनाल्टीमा गोल गरेका रोनाल्डो विश्वकपका पाँचा संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने। सनसनी पूर्ण बनेको खेलमा पोर्चुगल ३–२ले विजयी भएको थियो।
रोनाल्डाले यसअघि उनले जर्मनीमा सन् २००६, दक्षिण अफ्रिकामा २०१०, ब्राजिलमा २०१४ र रुपमा २०१८ मा गोल गरेका थिए। उनले चार संस्करणमा गोल गरेका अर्जेन्टिनाका लियोनल मेसी, जर्मनीका मिरोस्लाभ क्लोस र उवे सिलर तथा ब्राजिलका लिजेन्ड पेलेको कीर्तिमान उछिनेका हुन्। घानाविरुद्धको गोलसँगै रोनाल्डोले विश्वपमा आफ्नो गोल संख्या ८ पु¥याएका छन्। विश्वकपको पहिलो गोल पनि रोनाल्डोले पेनाल्टीमै इरानविरुद्ध गरेका थिए। यस्तै, १२औं अन्तराष्ट्रिय प्रतियोगिताा खेलिरहेका रोनाल्डोले १२ वटैमा गोल गरेका छन्। ३७ वर्षीय रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडि पनि हुन्। उनले १ सय १८ गाल गरेका छन् ।












