विनोद निगम/ नवलपरासी/ ०७ कार्तिक। नेपाली कांग्रेसका नेता तथा सबिधान सभा सदस्य देवकरण प्रसाद कलवार ( सन्तु )ले जनता प्रगतीशिल पार्टीका केन्द्रीय अध्यक्ष हृदेश त्रिपाठीले पटक पटक निर्वाचन जिते पनि यस क्षेत्रमा विकासमा चासो नदेखाएको आरोप लगाउनुभएको छ । नवलपरासी पश्चिम संघीय निर्वाचन क्षेत्र न. १ अन्तर्गतको प्रदेश सभा निर्वाचन क्षेत्र न. ख ( २ ) मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार समेत रहनुभएका कलवारले प्रेस युनियनले आईतवार आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
यस अगाबैका ५ वटा निर्वाचनमा विजयी बनेपनि त्रिपाठीले यस क्षेत्रका शिक्षा स्वास्थ्य तथा भौतिक पुर्वाधारको क्षेत्रमा उल्लेखीय काम नगरेका कलवारको आरोप छ ।यस पटक नेपाली कांग्रेसबाट त्रिपाठी संग प्रतिष्पर्धामा रहनुभएका नेपाली कांग्रेसका नेता तथा उद्योगपति बिनोद चौधरी एउटा मिसन र भिजन भएको प्रभावशाली नेता भएकाले यस पटक जनताले चौधरीलाई बिजयी गराउने विस्वास व्यक्त गर्नुभयो ।त्यस्तै नेता चाैधरीले आफू नाम र दामको लागि राजनितीमा न आएको बताउँदै जनताको सेवामा कुनै कसर न छाड्ने बताए।पार्टीले जून जहाँ जिम्मेवारी दिन्छ त्यसको बहन गर्ने म एक सिपाही भएकोले यस क्षेत्रका मतदातालाई चोट पुर्याउने कुनै काम न गर्ने बताए। उनले भने “निर्वाचन जितेपछि मालिक न भई जनताको सेवक बनी कार्य गर्ने बताएका छन्।आफूसँग जनताको पक्षमा काम गर्ने जोश र हुटहुटी रहेको बताउँदै अब पार्टी सँगै यस क्षेत्रको नेतृत्व गर्न चाहेको बताए – नेता चौधरीले आफूले जिते पछि जितेपछिको व्यवहारमा कहिल्यै पनि फरक नबनाउने प्रतिबद्धता व्यक्त गरे ।












