सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु

प्रकाशित मिति:

नवलपरासी , १६ मङ्सिर । संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ९ बर्दघाट सुस्ता पश्चिम  मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि तथा भुमी व्यवस्था मन्त्रालय मार्फत रासायनिक मल ल्याउन पहल गर्नुभएको थियो ।

सो अन्तर्गत जिल्लामा प्राप्त भएको ४२७।४ मेट्रीक टन रासायनिक मल जिल्लाका सवै पालिकामा वितरण गर्न सुरु गरिएको कृषि ज्ञान केन्द्र नवलपरासी ९ बर्दघाट –सुस्ता पश्चिम  का प्रमुख सन्तोष चौधरीले जानकारी दिनुभयो । पहिलो चरणमा सुस्ता प्रतापपुर र सरावल गाउंपालिकामा मल वितरण गरिने छ भने दोस्रो चरणमा अन्य पालिकामा रासायनीक मल वितरण गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ । सांसद चौधरी नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चीत भएपछि जनजिवीका संग सम्वन्धीत जनताका समस्या समाधान गर्ने उदेश्यले यस अगाबै जनसम्पर्क कार्यालय स्थापना गरी जनताको समस्या समधान गर्न लाग्नुभएको छ