बुटवल कालिका क्याम्पसमा आइतबारदेखि खेल सप्ताह सुरु

प्रकाशित मिति:

बुटवलको  रामनगरमा  रहेको बुटवल कालिका क्याम्पसमा आइतबारदेखि खेल सप्ताह सुरु भएको छ ।क्याम्पसको ९औ वार्षिकोत्सवको अवसरमा साथै बिद्यार्थीको अन्तरनिहित प्रतिभाको बिकासका लागि आयोजित खेल सप्ताहको बुटवल उपमहानगरपालिका अध्यक्ष खेलराज पाण्डेले उद्घाटन गरे ।

खेल सप्ताह अन्तर्गत आइतबार कुर्ची दौड ,सट पुट , कबडी , १०० /४०० मिटर दौड लगायतका खेलका साथै अन्य छनोट चरणका खेलहरु रहेको खेलकुद उप-संयोजक केशव राज न्यौपानेले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि खेलराज पाण्डेले खेलकुदले बिद्यार्थीको पढाईमा पनि सहयोग गर्ने हुदा खेलकुदलाई सैक्षिक संस्थाहरुले बिशेष महत्वका साथ संचालन गर्ने गरेको बताए ।त्यस्तै क्याम्पस प्रमुख घनश्याम पाठकले खेलकुद र पढाईका लागि समय ब्याबस्थापन गर्न सक्ने बिद्यार्थीले नै चौतर्फि बिकास गर्न सक्ने बताए ।

क्याम्पसका व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अर्जुनमान सैन्जुको अध्यक्षता, बुटवल उपमहानगरपालिका अध्यक्ष खेलराज पाण्डेको  प्रमुख अतिथिमा ,क्याम्पस प्रमुख पाठकको स्वागत मन्तव्यमा ,व्यवस्थापन संयोजक बुद्धिराम चौधरीको संचालनमा कार्यक्रमम सम्पन्न भएको थियो ।