तिलोत्तमाको मेलामा राजु र आशाले मनोरन्जन दिलाए

प्रकाशित मिति:

रुपन्देही, १८ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए ।विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । आईतबार मेलामा गायक गायिक राजु परियार, आशा बिसी, दिपक दर्लामी, अनिल पहाडी तथा डान्सर प्रिती पासवानले भरपुर मनोरन्जन दिएको मेलाका सास्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए ।

मेलमा विभिन्न नृत्य प्रतियोगितमा समेत चलिरहेको छ । मेलामा सोमबार चर्चित गायक गायिका पुस्कल शर्मा, रितु थापा, विष्णु सिंजाली, सम्झना रणपाल, डान्सरहरु प्रिती पासवान, बिनीता शाही लगायतको प्रस्तुति रहने पराजुलीले जानकारी दिए ।तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए । मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।