भैरहवा, पुस २ । धरानमा उत्पादित खुकुरी भैरहवामा आएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको ८ औं लुम्बिनी राष्ट्रिय महोत्सबमा धरानमा उत्पादित खुकुरीहरु विक्रिको लागि राखिएको हो । लुम्बिनी प्रदेशमा मा खुकुरीको उत्पादन कम मात्रामा गरिएको पाइन्छ । यहाँका सर्बसधारण जनतामा खुकुरीको आबश्यकता हुँदा अन्य क्षेत्रमा धाइरहनु पर्ने बिषम परिस्थिति रहेको देखिन्छ । धरानमा सिपयुक्त कालिगडबाट गुणस्तरीय विभिन्न प्रकारका खुकुरीको उत्पादन गरी बजारीकरण र भैरहबाबासी जनताको खुकुरीको आबश्यकता परिपूर्ती गर्ने उद्देश्यले स्टल सञ्चालनमा ल्याएको सञ्चलिका सनुजा सेन्चुरी रामधामले बताइन ।
आठौ लुम्बिनी राष्ट्रिय महोत्सबमा भैरहबाबासीको उत्साहजनक उपस्थिति रहेको र स्टलहरुमा सकारात्मक ढ्ङगले र्र्र्र्आार्थक कारोबार भएकोे र अगामी दिनहरुमा अझै मानिसको उपस्थिति रहने अपेक्षा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ का कोषाध्यक्ष गोबिन्द ज्ञबालीले बताए । मानिसहरुको उत्साहजनक उपस्थितिले बिभिन्न स्थानिय उत्पादनको बजारीकरण, प्रचाररप्रसार र बिक्रीबितरण दिनप्रति दिन बढ्दै गइरहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका सदस्य प्रमोद रिजालले बताए ।












