मंगलबार जारी भएको विश्व बैंकको रिपोर्टमा सन् २०२२मा चीनको विकाश दरको अनुमान ४.३ प्रतिशतले घटेर २.७ प्रतिशतमा झरेको छ । ४.३ प्रतिशतको तथ्यांक विश्व बैंकको तर्फबाट जून महिनामा सार्वजनिक गरिएको थियो । विश्व बैंकले प्रतिवेदनमा देखाएकाे यो कटौती कोरोना महामारी र सम्पत्ति क्षेत्रमा गिरावट भएका कारण भएको हो । विश्व बैंकले आफ्नो नेविगेटिङ अनसर्टिनटी, चाइना इकोनोमी इन २०२३मा महामारीको समयमा चीनको सार्वजनिक स्वास्थ्य नीति अत्यन्त कडा रहेको बताएकाे छ । मानिसहरुको स्वास्थ्यका हिसाबले यो नीति ठिक भएपनि यसको अर्थतन्त्रमा नकरात्मक असर परिरहेको छ ।
विश्व बैंकले आफ्नो रिपोर्टमा चीनमा बेरोजगारी बढेको पनि बताएको छ । अक्टोबर महिनामा बेरोजगारी बढेर १८ प्रतिशत पुगेको छ । सरकारको नीतिगत प्रतिक्रिया धेरै हदसम्म अल्पकालिन समर्थनमा निर्भर गर्दछ र यसलाई धेरै संरचनात्मक उपायहरुकासाथ पुरक बनाउन सकिन्छ । श्रम बजारमा महामारीको प्रतिकुल प्रभावलाई कम गर्नकालागि नीति निमार्ताहरुले रोजगार सब्सिडी र सार्वजनिक कार्यक्रम प्रस्तुत गरेका छन् । विश्व बैंकको रिपोर्टमा अन्तरराष्ट्रिय अनुभवहरुको आधारमा यो उपाय मन्दीको अवधिमा श्रमको माग समर्थन गर्नमा प्रभावकारी हुन सक्दछ ।