काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका लागि चिनियाँ टोली काठमाडौंमा

प्रकाशित मिति:

काठमाडौं, पुस  – काठमाडौँ–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिकसहितको उच्चस्तरीय टोली नेपाल आइपुगेको छ ।यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको रेल विभागले जानकारी दिएको छ।विभागका प्रवक्ता अमन चित्रकारका अनुसार चिनियाँ विज्ञ र विभागको सहकार्यमा सम्भाव्यता अध्यनयको प्रक्रिया अगाडि बढ्नेछ। यसअघि पनि चिनियाँ सहयोगमा नै सो परियोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । चिनियाँले सम्भाव्यता अध्ययनलाई नै विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर०को तहमा बुझ्ने गरेका छन् ।

सरकारले सम्भाव्यता अध्ययनका लागि यसअघि नै चीनलाई आग्रह गरेको थियो। कोरोना कहरलगायतका कारणले चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । सरकारको पटक–पटकको आग्रहपछि चिनियाँ प्राविधिक टोली नेपाल आएको हो । टोलीले नै समग्र आयोजनाको अध्ययन गर्नेछ । विभागले त्यसका लागि समन्वय गर्नेछ।बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजनामध्येको एक हो रेलमार्ग ।गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र तत्कालीन परराष्ट्रमन्त्री डा नारायण खड्काको चीन भ्रमणमा समेत सो परियोजनाका बारेमा छलफल भएको थियो। आयोजनाको सम्भाव्यता अध्ययनसमेत चिनियाँ सहयोगमा नै सम्पन्न हुनेछ।