जनताबाट गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न सिडीओहरुलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं, पुस १८ – गृहमन्त्री रवि लामिछानेले जनताबाट गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी सिडीओहरुलाई निर्देशन दिएका छन् । बिहीबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले उक्त निर्देशन दिएका हुन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए ।
त्यस्तै मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन्।गृहमन्त्री नियुक्त भएपछि पहिलो पटक लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेका हुन् ।












