पाँच बर्ष भित्र अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न लाग्नेछु-सांसद भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का सांसद शंकर भण्डारीले पाँच बर्ष भित्र अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न लाग्ने बताएका छन् । त्यसका लागि आफूले आजै देखि पहल कदमी सुरु गरेको सांसद भण्डारीको भनाई थियो ।विगतमा अव्यवस्थित र सुकुम्बासी थुपै्र सपना देखाउने काम भएता पनि निर्वाचित भएपछि सिन्को भाच्ने काम नभएको सांसद भण्डारीको भनाई थियो । पूर्वमन्त्री समेत रहेका भण्डारीले सोमबार शुक्लागण्डकी नगरपालिकाको वडा नं ७ स्थित भोटेपानी , शान्तिनगर ,टुँडा ,काउँरे पानी लयातका स्थानमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा सो कुरा बताएका हुन् ।त्यस्तै सो अवसरमा सांसद भण्डारीले कांग्रेसले सशक्त ढंगले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका थिए ।
कांग्रेस विगतमा पनि थुप्रै पटक प्रतिपक्षमा बसेर मुलुक र जनताको पक्षमा सशक्त भूमिका निर्वाह गरेको हुँदा यस पटक प्रतिपक्षमा बस्न कुनै अप्ठ्यारो नहुने के.स. भण्डारीको भनाई थियो ।जनताको पक्षमा काम गर्नका लागि आफू सरकारमा हुन जरुरी नभएको भन्दै जनताको चाहना बमोजिमको विकास निर्माणका कार्यहरु गर्ने के.स.भण्डारीको भनाई थियो ।मैले सिहदरबार राम्ररी चिनेको छु ,काग्रेस सरकार भएन भनेर तपाईहरुले चिन्ता लिनु पर्दैन भण्डारीले भने । सो अवसरमा क्षेत्रीय सभापति चुडामणि खनाल ,शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित , क्षेत्रीय सचिव सन्तोष घिमिरे , महिला संघकी उपसभापति चन्द्रकला भट्राई ,वडा सभापति ईश्वर शर्मा र वडा अध्यक्ष खड्कसिंह थापा लगायतले बोलेका थिए ।












