काठमाडौं, पुस २० – टी-२० लिग क्रिकेट बारे छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपले कार्यदल गठन गरेको छ । बुधबार राखेपका कार्यकारी समितिका सदस्य एकेन्द्रबहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन भएको हो।
छानविन कार्यदल सदस्यमा प्रकाशकुमार कुसारी, खेल पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रतियोगितामा सट्टेबाजी भएको र फिक्सिङका लागि खेलाडीलाई प्रस्ताव गरिएको समाचार सार्वजनिक भएपछि घटनाबारे अनुसन्धान थालिएको छ।












