सियारीको १२ औं गाउँसभाबाट ५ बटा बिधेयक पारित

प्रकाशित मिति:

भैरहवा- माघ । रुपन्देहीको सियारी गाउँपालिकाको बाह्रौ गाउँसभा बिभिन्न बिधेयकहरु पारित गर्दै सम्पन्न भएको छ । पुष २९ गते देखि शुरु भएको गाउँसभा बिभिन्न ५ वटा बिधेयकहरु सर्बसम्मतीले पारित गर्दै सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष तथा बाह्रौ गाउँसभाका सभाध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आबश्यक बिधेयकहरु सर्बसम्मतीले पारित भएको जानकारी दिनुभयो । उहाँले गाउँसभामा पेश भएका पालिकाको लागि आबश्यक कानुन निर्माण तथा सम्शोधन सहितका बिधेयक पारित भई आजैका दिन देखि लागु भएको बताउनु भयो ।

उहाँका अनुसार सियारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक, २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ र सियारी गाउँपालिका लेखा समिति (कार्य संचालन) कार्यविधि २०७९ पारित भएका छन् ।
सभामा बोल्दै अध्यक्ष घिमिरेले पालिकाको बिकासका लागि सम्पुर्ण जनप्रतिनिध र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले बिकास निर्माणका कामलाई जनताले अनुभुति हुने गरी सम्पन्न गर्न लागिएको बताउदै सबैले आआफ्नो क्षेत्रबाट आबश्यक सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले आफुहरु निर्वाचित भएर आए लगत्तै बर्षायाम लागेको, त्यसपछि निर्वाचन लगाएतका कामले गर्दा काम गर्न ढिलाई भएको बताउदै अबको समय बिकास निर्माण र जनताको सेवाका लागि छुट्टाएको बताउनु भयो । उहाँले समृद्ध सियारी र खुसी सियारीवासी बनाउने अभियानमा आफुहरु लागिपरेको बताउदै त्यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताउनु भयो ।सभामा बोल्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सियारीको समृद्धिको लागि काम गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले सियारी गाउँपालिकाको अधिकांश क्षेत्र कृषि क्षेत्र भएकाले कृषकको हितलाई ध्यानमा राखेर नीति तथा योजना तर्जुमा गर्नु पर्नेमा जोड दिदै सिचाई लगाएतका क्षेत्रमा बजेट बढाउदै जानु पर्नेमा जोड दिनुभयो । सभामा बडा अध्यक्षहरु शेर बहादुर गुरुङ, दिपक बहादुर शाहि, बडा सदस्य तथा कार्यपालिका सदस्यहरु भुम प्रसाद रेग्मी, सेन्तोष शर्मा भुषाल, ओमप्रकास थापा, अनजु रोका, दिपलाल केवट लगाएतले सिकारीलाई शिक्षा, स्वास्थ्य र पुर्वाधार बिकाससंगै कृषिका क्षेत्रमा पनि काम बोल्नु भएको छ ।

थप समाचार