पाँचौं लाफा ब्याडमिन्टनको उपाधि आयोजकका विवेक र मनोजलाई , भेट्रान्सको उपाधि बुटबल ब्याडमिन्टन क्लबको पोल्टामा

प्रकाशित मिति:

बुटबल, माघ  । पाँचौं लाफा र प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजक लाफा समूहका विवेक न्यौपाने र मनोज फौदारले उचालेका छन । आईतबार सम्पन्न मेन्स डबल वि लेबलको फाइनलमा आयोजकका न्यौपाने र फौदारको जोडीले गणेश रायमाझी र विधान गुरुङको जोडीलाई सोझो २(० को सेटमा पराजित गर्दै उपाधी जित्न सफल भएका छन् । उपाधी सँगै उनीहरूले नगद ४० हजार ,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोस्रो हुन सफल रायमाझी र गुरुङको जोडीले २५ हजार नगद प्राप्त गरे । यस्तै सेमीफाइनलमा पुग्न सफल विशाल खड्का र सुरज गुरुङ, विनोद पौडेल र सरल थापाको जोडीले १५ हजार प्राप्त गरे भने क्वाटरफाइनलमा पुग्न सफल खेलाडीहरूलाई पनि नगद १० हजार प्रदान् गरिएको थियो । यस्तै ,भेट्रान्स मेन्स डबल प्रतियोगिता तर्फको उपाधी भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडी हरुले जित्न सफल भएका छन् ।

बुटवल ब्याडिन्टन क्लबका खेलाडी महेश्वर नेपाल र अशोक कुमार भुषालको जोडीले तनहुँका कमल राना र खुम गुरुङको जोडीलाई सोझो २(० को सेटमा पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो पोल्टामा पारेका हुन् । उनिहरुले नगद २५ हजार शिल्ड मेडल प्राप्त गरे भने उप विजेता तनहूँका खेलाडीहरुले नगद १५ हजार ५ सय मा चित्त बुझाए । यस्तै भेट्रान्स तर्फ सेमीफाइनलमा पुग्न सफल वसन्त र महेश बज्राचार्यको जोडी र मन बाहादुर थापा र खगेन्द्र नेपालीको जोडीले समान १० हजार ५ सय प्राप्त गरे ।प्रतियोगितामा घोराहीका हिमांशु कुंवर उत्कृत्ट खेलाडी चुनिए भने उदयमान खेलाडीको उपाधि दानिस कुरेसिलाइ प्रदान् गरिएको थियो । बुटवल उपमहानगर पलिकाको मुख्य प्रायोजन र लुम्बिनी प्रदेस खेलकुद विकास परिषद् को सह प्रयोजनमा सम्पन्न प्रतियोगितामा भेट्रान्स तर्फ ३२ टीम र खुल्ला मेन्स डबल तर्फ ६४ टीमको सहभागिता रहेको थियो । कार्यक्रममा विजयी खेलाडिहरूलाई प्रदेस खेलकुद बिकास परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकास भट्टराई, वार्ड अध्यक्ष यज्ञ प्रसाद पंगेनी, प्रदीप श्रेष्ठ, क्लब का अध्यक्ष बबिन थापा , संस्थापक अध्यक्ष तारासिंह रेश्मी मगर, संरक्षक वासुदेव लामिछाने लगायतले पुरस्कार बितरण गरेका थिए । कुल १० लाख खर्चको अनुमान गरिएको प्रतियोगीतामा विभिन्न देश तथा विदेश बाट सहयोग गर्ने सहयोगी दाताहरूलाई पनि सम्मान गरिएको प्रतिगिताका संयोजक ज्ञानु सारुले जानकारी दिए । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले लाफा क्लवले खेलकूद सङ्गै सामाजिक र सांस्कृतिक कार्यक्रमलाइ पनि प्राथमिकता दिएकोमा क्लबको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन लाफा समुहका सचिव टिप रानाले गरेका थिए ।