भैरहवा, माघ गते ।सघिंय र प्रदेश सभा निर्वाचनको समिक्षा प्रतिबेदन तत्काल बुुझान नेपाली कांग्रेस रुपन्देहीले क्षेत्रीय समितीलाई परिपत्र गरेको छ ।निर्वाचन लगत्तै जिल्ला कार्य समितीले क्षेत्रीय समिती मार्फत प्रदेश, नगर, गाँपालीका हुदै बडा तहमा बैठक गरी प्रतिबेदन तयार पार्ने र उक्त प्रतिबेदन जिल्लामा बुुझाउनुु पर्ने निर्णय गरेको थियो । तर केही क्षेत्रबाट अझै पनि प्रतिबेदन नआएकाले शुक्रवार पार्टी कार्यालय भैरहवामा बसेको बैठकले यही माघ मसान्त भित्र पठाउन निर्देसन गर्दै पत्राचार गरेको सचिव हरी काफ्लेले जानकारी दिए । बडा हुदै आएको समिक्षा तथा सुुझावलाई जिल्ला कार्यसमीतीमा छलफल गरीने छ ।
निर्वाचनमा भएका कमीकमजोरी सच्याउदै अन्तरघात गर्नेलाई कार्वाही गर्ने उदेश्यले पार्टीले बडा तहसम्मै छलफल रबैठक हुने गरी समीक्षा प्रतिवेदन तयार पार्न लगाएको थियो ।यस्तै कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणको सभापतित्वमा बसेको बैठकले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन निर्धारीत समयमै गराउन र सफल बनाउन क्षेत्रीय सभापतिहरुको सयोंजकत्वमा तयारी समीती समेत गठन गरेको छ । समीतीमा सम्बन्धीत क्षेत्रमा रहेका जिल्ला पदाधीकारी, सदस्य, प्रदेस सभापति, नगर तथा पालीका सभापति, बडा सभापति, जनप्रतिनिधी तथा पुुर्व नेविसघंका सभापति लगायत रहने ब्यबस्था गरीएको छ । त्यस्तै यही माघ १६ गते पार्टी कार्यालय भैरहवामा सहीद दिवस मनाउने निर्णय समेत भएको सभापति खाणले जानकारी दिए ।












