बर्दघाट प्रेस क्लब दर्ता,बर्दघाट नगरक्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठितभए

प्रकाशित मिति:

बर्दघाट,माघ–बर्दघाट नगरक्षेत्रमा क्रियाशिल पत्रकारहरु संगठित भएका छन् । बर्दघाट क्षेत्रको बिभिन्न मुद्धा उठान गर्दै पेशागत हकहितको प्रर्वद्धन गर्ने उद्धेश्यले बर्दघाट प्रेस क्लब गठन गरेर पत्रकारहरु संगठित भएका हुन् ।यस अघि पनि पटक पटक बर्दघाटका पत्रकारहरुले संगठित हुने जमर्को गर्दै आएका थिए । यस पटक भने बिधिवत रुपमा नै बर्दघाट प्रेस क्लब दर्ता समेत गरिएको हो ।

गैरसरकारी संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय नवलपरासी बसुपमा प्रेस क्लब दर्ता भएको अध्यक्ष कुश्माकर ढकाल कृष्णले जानकारी गराउनुभयो । उहाँले बर्दघाटलाई संचारहबका रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्नुभयो ।अध्यक्ष ढकालका अनुसार क्लबले पत्रकारहरुलाई बेलाबखतमा आइपर्ने संभावित असुविधा र असुरक्षा आदि बारे अवगत गराउने र सचेत गराउन तालिम, सेमिनार तथा गोष्ठी संचालन गर्ने र पत्रकारका बिभिन्न संस्थासंग सहकार्य गर्नेछ । अध्यक्ष ढकालले संस्थाले पत्रकारिता क्षेत्रको अध्ययन गरी पत्रकारहरुको दक्षता अभिबृद्धि मार्फत पत्रकारिताको प्रभावकारिताका लागि योजना बनाउने र मिडिया उद्यमको विकासको लागि टेवा पु¥याउने समेत बताउनुभयो । सामाजिक सशक्तीकरण, जनचेतना अभिबृद्धि, सूचना प्रवाह, संचारसीप अभिवृद्धिलगायत पत्रकारितासँग सम्बिन्धत सवै प्रकारका गतिविधि संचालन गर्ने हाम्रो उद्धेश्य हो – उहाँले भन्नुभयो । – पत्रकारहरु समस्यामा पर्दा उनीहरुलाई सहयोग पु¥याउन कोष खडा गर्ने लगायतका काम समेत गर्नेछौ ।

क्लबका उपाध्यक्ष रवि पाण्डेयले बर्दघाट नगरक्षेत्रमा क्रियाशिल रहेका सक्रिय पत्रकारहरुको पेशागत सुरक्षा आपसी सुसम्बन्ध र एकता कायम गर्न क्लबले भुमिका खेल्ने बताउनुभयो । उहाँले बर्दघाट नगरक्षेत्रको साझा समस्या बारे अध्ययन र अनुसन्धान गर्ने, समाधानका लागि आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्ने लगायत बिभिन्न उद्धेश्यमा क्लब क्रियाशिल हुने जानकारी दिनुभयो । क्लबको ११ सदस्सीय कार्यसमितिमा कुश्माकर ढकाल कृष्ण अध्यक्ष , रवि पाण्डेय उपाध्यक्ष, प्रकाश न्यौपाने सचिव , रामु भुसाल सहसचिव, बिष्णु खनाल भण्डारी कोषाध्यक्ष , मुक्ति तिवारी, प्रमोद अर्याल, रविन शर्मा चापागाई, लक्ष्मी अर्याल, सुशिला पाण्डे र रचना चौधरी सदस्य रहनुभएको छ । क्लबको दर्ता नम्बर २४५४ रहेको छ ।