‘बुद्धभूमिलाई बाल श्रम मुक्त नगर छिट्टै गर्छौं’ : नगर प्रमुख श्रेष्ठ

प्रकाशित मिति:

माघ, १८ कपिलबस्तु । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले छिट्टै नै बाल श्रम मुक्त नगर घोषणा गर्ने बताउँनुभयो ।
उहाँले मंगलबार कपिलस्तुको गोरुसिंङ्गेको पौवा होटलमा बुद्धमूमि नगरपालिकाको श्रम अनुगमन समिति तथा बाल संरक्षण समितिको क्षमता अभिवृद्धि अभिमुखिकारण कार्यक्रममा बोल्दै उक्त कुरामा जोड दिनुभएको हो ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले बालमैत्री नगर र बाल श्रम रहित नगर तब मात्र सम्भव रहेको भन्दै सम्पूर्ण बाल श्रमका सुचकहरु पूर्ण गर्नुपर्ने बताउँनुभयो ।
उहाँले बाल श्रम मुक्त नगर घोषणको लागी आफूहरुले नीति निर्माण गरिसकेको र अब त्यसलाई कार्यन्वय गर्नमात्र बाँकी रहेको जनकारी समेत दिनुभयो ।
उहाँले सम्पूर्ण जनप्रतिनिधी, वडा अध्यक्ष नगर पालिकाका कर्मचारीहरुलाई अब आफुहरु आजै देखि लागेर काम गरौं भने, अगामी आर्थिक बर्षको १३ औं साधारण सभाबाट बलश्रम मुक्त घोषाण गर्न सकिने बताउँनुभयो ।


त्यस्तै नगर प्रमुख श्रेष्ठले अब बाल श्रम मुक्त नगर घोषणाको लागि प्रत्येक वडाबाटै सम्बन्धीत क्षेत्रहरुमा अनुगमन गर्नुपर्ने र सुचकहरु पूर्ण गर्दै जानुपर्ने बताउँदै नगरले ७० प्रतिशत बाल श्रम मुक्तको लागि सूचकहरु पूर्ण गरिसकेको बताउँनुभयो ।
साथै उहाँले बाँकी सूचकहरु वडा तहबाट छिट्टै गर्नेगरी काम सुरुगर्न सम्पूर्ण वडा अध्यक्षहरुलाई अग्रह समेत गर्नुभयो । उहाँले बुद्धभूमिमा विकास निर्माणको कार्यक्रम धेरै गरेपनि विकास निमार्णले मात्र नगरको शुसासन नहुने भएकोले नगरीकका हकहितका कार्यहरु, बालबालिकाका क्षेत्रमा काम गर्न सकिन्छ अनि मात्र शुसासन युक्त नगर हुने जिकीर गर्नुभयो । त्यस्तै कार्यक्रममा ग्लोबल फेयरनेस ईनिसिटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले नगरलाई सुन्दर र शुसासनयुक्त बनाउँने नगरका जनप्रतिनिधी, सरोकारवाला संघसंस्था सम्पूर्णको जिम्मेबारी रहेको बताउँनुभयो ।
उहाँले अब श्रम संग सम्बन्धित सम्पूर्ण समस्याहरु समाधन गर्नुपर्नेमा जोड दिदै बाल श्रम मुक्त नगर घोषणा गर्नु सबैको दयित्व रहेको बताउँनुभयो ।
त्यस्तै घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका दुर्गा अर्यालको संचालन तथा ग्लोबल फेयरनेश ईनिशिएटिभका साहायक कार्यक्रम व्यवस्थापक भाष्कार कुमार अधिकारीको स्वागत रहेको कार्यक्रममा प्रशिक्षक हरि सिंह गुरुङ्गले सहजिकरण गर्नुभएको थियो भने गुडवीभ सर्टिफिकेशन नेपालका कार्यक्रम संयोजक उमेश कुइकेलले बाल श्रम सम्बन्धी अनुगमनका लागी फारम भर्ने विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।