सामाजिक अगुवाहरु इमान्दार हुनु पर्छः  नगर प्रमुख गुरु प्रसाद भट्टराई

प्रकाशित मिति:

विद्यायालयले आफुलाइ गुणस्तरीय शिक्षा प्रदान गर्दै योग्य असल र सबल सक्षम समाज निर्माण गर्ने तर्फ अगुवाइ गर्दै गरेको प्रयत्नका लागि गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले हार्दिक धन्यबाद दिनु भयो ।शुक्रबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.९ आमिलाथुम स्थित जानकी माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रमको समुद्घाटन गर्दै सो कुरा बताउनु भयो ।नगर प्रमुख भट्टराईले शिक्षा समाजको विकासकोमुख्य आधार भएकाले शिक्षाको बिकसमा हामी सबैको ध्यान जानु पर्ने बताउदै सबैको साझा र संयुकत प्रयासबाट योग्य र सक्षम नागरिक उत्पादन गर्दै असल सभ्य बिकसित समाज निर्माणमा हामी समाजका अगुवा भन्नेहरु अनुशासनमा बसेर इमान्दारिता पुर्वक अगाडि वढ्नु पर्ने कुरा बताउनु भयो ।

उहाँले भन्नु भयो हामीले यहाँको आवस्यकता र स्रोतलाइ ख्याल गरेर बिकासका सबै पक्षमा शिक्षा स्वास्थ्य खानेपानी कृषि सिचाइ बाटो घाटो सब ैबिकासका पुर्वाधार सबै क्षेत्रमा हामीले प्राथमिकिकरण गरेर बिकासको खाका तयार गर्दै अगाडि बढने प्रतिवद्दर्र्ता समेत व्यक्त गर्नु भयो ।नगर प्रमुख भट्टराई ग्रामिण क्षेत्रमा जानकी माध्यमिक विद्यालयले शैक्षिक उन्नयनमा खेलेको भूमिकाको चर्चा गर्दै आफू र नगरको तर्फबाट साथ सहयोग रहने कुरा बताउनु भयो ।कार्यक्रममा शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्य,गल्याङ नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष नामदेब खनाल, पुर्व वडाअध्यक्ष हरिलाल खनाल, गल्याङ नगरपालिका वडा नं. १० का वडाअध्यक्ष मुक्ति प्रसाद खनाल, पुर्व वडाअध्यक्ष धुर्व शर्मा पंगेनी, विद्यालय व्यवस्थापन समितिका पर्व अध्यक्ष नेत्रलाल अर्याल, भानु मावि चौधेराका प्रअ लिलाबल्लौ अर्याल, गल्याङ सञ्चार प्रा.लि.का अध्यक्ष सुर्य प्रसाद चापागाईं ,विद्यार्थीहरू आयुसा भण्डारी, कविता खनाल, निशान विक, अनिसा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विद्यालयका प्रअ लेखनाथ चापागाईंले शैक्षिक, भौतिक तथा २ करोड ४२ लाख ७० हजार १ सय ६३ रूपैयाँ बराबरको आयव्यार्य प्रस्तुत गर्नु भएको थियो ।विद्यालयमा अक्षकोष स्थापना गर्ने र सरस्वती मन्दिर निर्माणमा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान समेत गरिएको कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षक यामनाथ चापागाईंले र कार्यक्रमको सञ्चालन सहायक प्रअ ऋषिराम भण्डारी गर्नु भएको थियो ।

थप समाचार