तिलोत्तमा मै पहिलोपटक फाल्गुन १ देखि- ‘पितृ पुराण श्रीमद भागवत बिराट ज्ञान महायज्ञ’

प्रकाशित मिति:

तिलोत्तमा। तिलोत्तमा नगरपालिका मै पहिलो पटक दैबी प्रकोप, बाढीपहिरो तथा बिभिन्न दूर्घटनामा परेर मृत्यु भएका ज्ञातअज्ञात पितृहरुको उद्धारका लागि तिलोत्तमा–१ नयामिलमा न्यौपाने बंश समाजको आयोजनामा ‘पितृ पुराण श्रीमद भागवत बिराट ज्ञान महायज्ञ’ लगाउने तयारी अन्तिम चरणमा पुगेको छ। आज एक पत्रकार सम्मेलन गर्दै न्यौपाने बंश समाज नेपालका अध्यक्ष बलराम न्यौपानेले सो को जानकारी गरौनुभेको हि। न्यौपाने बंश समाज नेपालको आयोजनामा ‘पितृ पुराण श्रीमद भागवत बिराट ज्ञान महायज्ञ’ आयोजनाको अन्तिम तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ फागुन १ गते देखि ७ गतेसम्म हुने महायज्ञका लागि सबै व्यवस्थापनको चरण तयारी अन्तिममा पुगेको हो ।

बिभिन्न प्रकोप र दूर्घटनामा मृत्यु भएकाहरुको आत्मको चिरशान्तिको कामना गर्दै फाल्गुन शिवको महिमा महिनाको अवसर पारेर धार्मिक तथा सांस्कृतिक एबम हिन्दुत्वको भाव झल्काउन फागुन १ गतेदेखि महायज्ञ आयोजना गर्न लागिएको संस्थाका निबर्तमान अध्यक्ष मेगराज न्यौपानेले बताउनुभयो । यसप्रकारको पितृमोक्ष महायज्ञ तिलोत्तमामा पहिलो पटक हुन लागेको र न्यौपाने बंश समाजले पनि पहिलो पटक गर्न लागेको हुँदा सबैको पितृ मोक्षमा सहयोगी भूमिका हुने संस्थापक अध्यक्ष खगुपति न्यौपानेको भनाइ छ ।

महायज्ञका बारेमा बोल्दै गेहेन्द्र राज न्यौपानेले सहगोत्रिय बन्धुहरुमा भाइचारा बढाउने तथा अन्य सबैखाले पितृ मोक्षकालाइ यो महायज्ञ बरदान साबित हुने बिश्वास सहित यो महायज्ञ लगाउन लागिएको बताएका छन्। ‘पितृ पुराण श्रीमद भागवत बिराट ज्ञान महायज्ञ’ को प्रमुख बाचकका रुपमा युवा पण्डित व्यासाचार्य नारायण प्रसाद न्यौपाने ( श्री कृष्णचरणामृत ) रहने मूल आयोजक समितिका बेद प्रसाद न्यौपानेले बताए। महायज्ञमा दैनिक पुजा अर्चना,पाठपारायÞण, संगीतमय कथा प्रबचन तथा भजन, झाँकी लक्ष्यदिप प्रज्वलन समेत हुने आयोजकले बताएको छ।कार्यक्रममा हुमनाथ न्यौपाने सुदिप, गीतादेवी न्यौपाने, केशवराज न्यौपाने,धुर्वराज न्यौपाने, इश्वरीप्रसाद न्यौपाने लगायतका जिल्लाका अध्यक्ष पदाधिकारी तथा न्यौपाने बन्धुहरुको उपस्थिति रहेको थियो।