पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ अत्रहटी स्थित शिव मन्दिरमा महाशिवरात्रीको अवसर पारि सास्कृति कार्यक्रम सहितको भब्य मेला भएको छ । हरेक बर्ष झै यस बर्ष पनि महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीले शिवमन्दिर परिसरमा महाशिवरात्रीको मेला धुमधामका साथ आयोजना गरिरहेको समितिका अध्यक्ष किरन चौधरीले जानकारी दिनुभएको छ । यस क्षेत्रमा लोपनिय अवस्थामा रहेका विभिन्न जात जातिका रितिरिवाज, सस्कृतलाई सरंक्षण गर्दै आउदो पुस्तालाई हस्तान्तरण गर्न मेलाको आयोजना गर्दै आइएको बताउदै अध्यक्ष चौधरीले सो दिन दर्शन गर्ने आउने दशनार्थीरुलाई प्रसादको व्यवस्थापन गर्ने गरिएको बताउजु भयो । महाशिवरात्री मेलाका दिन बिभिन्न समिति, उप–समितिहरु गठन गरी सयौंको संख्यामा स्वंयमसेवकहरु साथै सुरक्षाकर्मी समेत खटाईने समितिका सचिव दामोदर देवकोटाले जानकारी दिनुभएको छ ।
जिल्लाको चर्चित पुरातात्विक एवंम ऐतिहासिक रुपमा रहेको तर प्रचार–प्रसार अभावमा ओझेलमा परिरहेको सो मन्दिरमा यसरी वर्षेनी महाशिवरात्री मेला लाग्ने गरेपनि यसको पुरातात्विक ऐतिहासिकता बारेमा चर्चा नभएको प्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । यस महाशिवरात्री पर्वको दिन फागुन ६ गते शनिबार रात भर शिवमन्दिरमा धुनी जगाई स्थानीयवासीले जागाराम बसी शिवको आरधाना गर्ने प्रचलन रहेको छ । प्रत्येक वर्ष भक्तजनहरुको घुंईचो बढ्ने सो मेलामा यसवर्ष पनि भलिबल प्रतियोगिता संगै विभिन्न सांकृतिक कार्यक्रमको आयोजना गर्न लागिएको देवकोटाले जानकारी दिनुभयो । महाशिवरात्रि मेला ब्यवस्थापन समिति सरावल २ अत्रहटीको आोजनामा सञ्चालन हुने उक्त मेलामा नवलपरासी, रुपन्देही लगाएत छिमेकी राष्ट्र भारतको सिमावर्ती जिल्लाहरुबाट पनि भक्तजनहरु ऋवलोकन गर्न आउने गरेको देवकोटाले बताउनुभयो ।
मिहाशिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिव उत्पति भएको अवसरमा मनाईने हिन्दुहरुको प्रमुख पर्वको रुपमा पर्दछ । भगवान शिवको उत्पति कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्व मनाईने पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दिन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास बसी ऊँ नमः शिवाय् मंत्र जप्ने गरेमा सद्बुद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।












