बुटवलमा फागुन ४ देखि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुने, १ हजार भन्दा धेरै विद्यार्थी सहभागी

प्रकाशित मिति:

बुटवल- फागुन । बुटवलमा यही फागुन ४ गतेदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ ।प्रतियोगिता आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।प्रतियोगिताको फागुन ४ गते बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतियोगिता संयोजक हरि प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने बताउनुभयो ।

प्रतिगोगिताअन्तरगत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायतका खेलमा ४ सय ९४ टीमका १ हजार ९१ विद्यार्थी सहभागी हुने उहाँले बताउनुभयो ।प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बीमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताउनुभयो ।उहाँका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ ।खेलको व्यवस्थापन तथा सञ्चालनका लागि वडा नं ५ का अध्यक्षसमेत रहनुभएका पूर्वखेलाडी हरिप्रसाद श्रेष्ठको नेतृत्वमा मूल समिति र विभिन्न विधागत उपसमितिहरु गठन भएको प्रचारप्रसार उपसमिति संयोजक सी। पी। खनालले जानकारी दिनुभयो ।प्रतियोगिताको उद्घाटनका दिन कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पीटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुति रहने उहाँले बताउनुभयो ।

थप समाचार