राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी न्यु लाइफ माबीलाई  

प्रकाशित मिति:

     प्रकाश न्यौपाने
फाल्गुन १२ गते
 नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधी न्यु लाइफ माध्यामिक बिधालयले हात परेको छ । बर्दघाट १५ मा रहेको सरस्वती माबीमा ८ गते देखि सुरु भएको खेल  ११ गते  सम्पन्न भएको छ। अधिकस खेलमा उत्कृष्ट प्रदर्शन गर्दै न्यु लाइफ माबीले राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको  नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । न्यु लाइफ मा.बि. ले यस अघि दोस्रो रनिङ शिल्ड समेत हात परेको विद्यालयका प्रन्सिपल सन्तोष अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार-“विद्यालयमा शैक्षिक गतिविधिका साथै खेलकुदलाई पनि प्राथमिक दिइएकोले बिद्यालयले दोस्रो र तेस्रो गरि दुई पटक सम्म राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पर्न सफल भएका हौ ।”
न्यु लाईफले छात्रा भलिबलमामा तृतीय,छात्रा तेक्वान्दोमा दोस्रो, छात्र तेक्वान्दो प्रथम, छात्रा कबडीमा प्रथम स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक डि.बि अधिकारीले जानकारी दिनु भयो । विद्यालयले प्रथम पुरस्कार स्वरुप २५ हजार रुपैया शिल्ड र मेडल प्राप्त गरेको छ ।
त्यस्तै दिव्यज्योती माध्यमिक विद्यालय दोस्रो स्थान हात पर्दै १५ हजार नगद र मेडल त्यस्तै गगा माध्यमिक विद्यालय तेस्रो  स्थान हात १० हजार र मेडल पुरस्कार प्राप्त गरेको छ बर्दघाट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गोबिन्द शर्माले जनकारि दिनु भयो ।